नयाँ घर ठडिएपछि बारपाकको स्वरुप फेरियो
गोरखापत्र अनलाइन
फाल्गुन १०, २०७८ मंगलवार
भूकम्प गएको ६ वर्ष बित्न लाग्दा भूकम्पले ढलेका अधिकांश घर ठडिएका छन् । पहिले झुप्राझाप्री भएको ठाउँमा पक्की घर बनेपछि बारपाक शहरजस्तै देखिने गरेको छ । भूकम्पको केन्द्रबिन्दु बारपाक अहिले ठूलो शहरजस्तै देखिन्छ । अग्ला आरसीसी बिल्डिङ ठडिएका छन् । भूकम्पपछि केन्द्रबिन्दु बारपाकको स्वरुप नै फेरिएको स्थानीयको भनाई छ । ‘हामीलाई त पहिलेकै बारपाक राम्रो लाग्थ्यो,’ स्थानीय काली घलेले भन्नुभयो, ‘अहिले त थरी–थरी घर बनेंका...