सुख्खा पहिरोमा परी एक जनाको मृत्यु, दुई जना घाइते
गोरखापत्र अनलाइन
फाल्गुन १०, २०७८ मंगलवार
बागलुङको बडिगाड गाउँपालिका –७ गोठानमा मोटर बाटो विस्तारको क्रममा खसेको सुख्खा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । दुई जना घाईते भएका छन् । इदिखोलादेखि गोठान जोड्ने मोटर बाटो खन्दैगरेको अवस्थामा गोठान क्षेत्रमा विस्तार भएको सडक माथिबाट खसेको सुख्खा पहिरोमा परेर स्थानीय ६० बर्षिय गोपिराम विकको मृत्यु भएको हो । मृतक विक सोही मोटरबाटो उपभोक्ता समितिको गत बर्ष अध्यक्षको जिम्मेवारीमा हुनुहुन्थ्यो ।