कर्णाली लोकमार्ग: विकास र समृद्धिको ‘लाइफलाइन’
गोरखापत्र अनलाइन
फाल्गुन ८, २०७८ आइतवार
विकास र समृद्धिको बहसमा प्रायः कर्णालीको नाम लिइन्छ । पिछडिएको, राज्यले उपेक्षा गरेको, मानवसूचाङ्कमा कमजोर कर्णाली विकासको बाटोमा जुरुक्क उठ्ने प्रयत्न गर्दैछ । दुर्गमको अर्को नामका रूपमा लिइने कर्णालीले विकासको बाटो पहिल्याउँदै छ । त्यो विकासको ढोका खोल्ने काम ‘कर्णाली करिडोर’ ले गरिरहेको छ । लोकमार्गले कर्णालीको समृद्धिमा प्रमुख भूमिका खेल्ने अपेक्षा कर्णालीवासीको छ ।