८० जना ज्येष्ठ नागरिक सम्मानित
गोरखापत्र अनलाइन
फाल्गुन ७, २०७८ शनिबार
मधेस प्रदेश सरकारले ८० जना ज्येष्ठ नागरिकलाई सम्मानित गरेको छ । मधेस प्रदेश राजधानी जनकपुरधामस्थित शनिबार आयोजित जेष्ठ नागरिक सम्मान कार्यक्रममा प्रदेशका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री बिरेन्द्रप्रसाद सिंहले ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप आर्थिक सहयोग प्रदान गर्नुभएको हो ।