बजेट कार्यान्वयन प्रभावकारी बनाउन निर्देशन
गोरखापत्र अनलाइन
माघ २९, २०७८ शनिबार
बागमती प्रदेशका सबैभन्दा बढी बजेट भएका दुई मन्त्रालयको प्रगति सन्तोषजनक नभएपछि कार्यान्वयनलाई प्रभावकारी बनाउन निर्देशन दिइएको छ । प्रदेश सभाअन्तर्गतका अर्थ तथा विकास समितिले भौतिक पूर्वाधार विकास मन्त्रालय र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको बजेट कार्यान्वयन प्रभावकारी बनाउन र विकास निर्माण तीव्र पार्न निर्देशन दिएको हो ।