आकाशे पुल प्रयोग गर्दैनन् पैदल यात्रु
गोरखापत्र अनलाइन
माघ २९, २०७८ शनिबार
पैदल यात्रुको सहजताका लागि रुपन्देहीका थुप्रै ठाउँमा आकाशे पुल बनाइएको छ । तर ती सबै पुल प्रयोग हुने गरेको पाइएको छैन । भैरहवा, बुटवलका मुख्य चोकहरुमा आकाशे पुल निर्माण गरिए पनि यसको प्रयोग गर्नेको संख्या न्यून छ । अधिकांश पैदलयात्रु सडकबाटै हिँडेपछि सडकमा सवारीको जाम हुनेगरेको छ ।