logo
२०८१ जेष्ठ ३ बिहीवार



चाउचाउ कारखानामा भीषण आगलागी , १४ वटा दमकल परिचालित

खुला |
प्रदेश |


चाउचाउ कारखानामा भीषण आगलागी , १४ वटा दमकल परिचालित
तस्बिर : लिला झापाली


विष्णुप्रसाद पोखरेल
दमक, माघ २९ गते । झापाको मेचीनगर नगरपालिका वडा नं. १४ दुहागडीमा रहेको मगमग चाउचाउ कारखानामा शनिवार बिहान भीषण आगलागि भएको छ । विहान ५ बजेदेखि देखिएको आगो नियण्त्रणमा आई नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
झापा सहित पूर्वका विभिन्न जिल्लाका १४ वटा दमकल घटनास्थलमा पुगेर आगो नियन्त्रणको प्रयास गरिरहे पनि आगो नियन्त्रणमा आउन सकेको छैन । नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालका अनुसार आगो नियन्त्रणका लागि आवश्यक सबै प्रयास भइरहेको छ ।
मनषा फुडद्वारा उत्पादन हुने मगमग चाउचाउको कारखानामा भएको आगलागीको कारण भने अहिलेसम्म नखुलेको बताइएको छ । एक साता अघि मेचीनगरमा नै एसएस फुटवेयरमा भएको भीषण आगलागीमा आठ करोडभन्दा बढीको क्षति भएको थियोे भने आगलागी नियन्त्रण गर्न ७ घण्टा लागेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?