दुईसयजना विरामीलाई राख्न सकिने क्वारेन्टाइनस्थल तयार
गोरखापत्र अनलाइन ,
चैत्र ६, २०७६ बिहीबार
प्रदेश नं.१ सरकारको पूर्व निर्धारित कार्यक्रम अनुसार मोरङको मिक्लाजुङ– ४ हात्तीमारा कोरोना भाइरसको संक्रमण भएको शंका लागेका विरामीहरूलाई राख्ने क्वारेन्टाइनस्थल तयार गरिएको छ ।
नेपाली सेनाको पूर्वी पृतना मूख्यालयका अनुसार बुधबार २ सय जना विरामीलाई राख्न सकिने एकसयवटा टेन्ट तयार गरिएको हो ।