गर्भवतीलाई अण्डा, सुत्केरीलाई घिउ : घरमा सुत्केरी हुने शून्य
रासस
चैत्र ४, २०७६ मंगलवार
शिवराज नगरपालिका–१ करहिया बस्ने सीता थारू गर्भवती भएको सात महिना भयो । वडा कार्यालयले उहाँलाई एक क्यारेन्ट अण्डा र गर्भ स्याहारसम्बन्धी तालीम दियो । तालीमपश्चात् उहाँ अहिले दैनिकी एउटा अण्डा खाने गर्नुहुन्छ । पहिलो पटक वडाले सहयोग गरेकोे र त्यसपछि घरपरिवारले नै अण्डा ल्याइदिने गरेको उहाँले बताउनुभयो । त्यस्तै १५ दिने सुत्केरी हरिकला बेल्वासेलाई वडाध्यक्षले घरमै गएर घ्यु, मह र पौष्टिक पाउडर दिनुभयो भने स्वास्थ्यकर्मीले...