लोथर सौराहा कंक्रिट ड्यामको शिलान्यास
गोरखापत्र अनलाइन ,
चैत्र ४, २०७६ मंगलवार
पूर्वी चितवनको निकुञ्ज र मानव वस्तीबाट बग्ने रापती नदीमा आउने बाढीेले यस क्षेत्र प्रभावित हुँदै आएको छ । चितवनको सिमाना लोथरदेखि सौराहा हुँदै पश्चिम चितवन जाने नदीले वर्षामा मानव वस्ती डुवान गर्दै आएको छ । यही नदी कटान र डुबानको समस्यालाई दीर्घकालिन समाधानको लागि लोथर सौराहा कंक्रिट ड्याम निर्माण गर्न मंगलबार शिलान्यास भएको छ ।