राष्ट्रिय प्रसारण लाइनमा चैतदेखि २५ मेगावाट बिजुली थपिँदै
रासस
फाल्गुन २८, २०७६ बुधबार
जलविद्युत्को ‘हव’ बन्दै गरेको लमजुङ जिल्लाबाट राष्ट्रिय प्रसारण लाइनमा आगामी चैत महिनाबाट २५ मेगावाट बिजुली थपिन लागेको छ । दोर्दी गाउँपालिकामा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना निर्माण सकिने भएसँगै यस आयोजनाबाट २५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिने भएको हो । विसं २०७१ असोजबाट निर्माण थालिएको सो आयोजना आगामी चैत्र मसान्तसम्म व्यावसायिक विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम तीव्र...