अढाइ वर्षदेखि झुपडीमा वडा कार्यालय
गोरखापत्र अनलाइन ,
फाल्गुन २७, २०७६ मंगलवार
धनगढी, फागुन २७ गते । स्थानीय स्तरमा विकासको अभिभारा बोकेको कैलालीको एक वडा कार्यालयले आफैँ पूर्वाधारको अभाव झेलिरहेको छ ।
कैलारी गाउँपालिकाको वडा नम्बर ७ कार्यालयले पूर्वाधार अभावमा समस्या झेलिरहेको हो । उपयुक्त पूर्वाधार नहुँदा सो वडा कार्यालय विगत अढाइ वर्षदेखि एक कोठाको कच्ची घरबाट सञ्चालन भइरहेको छ ।
टिनले छाइएको कच्ची घरमा बस्न र महìवपूर्ण सामग्री राख्नका लागि पर्याप्त ठाउँ नहुँदा समस्या हुने गरेको कर्मचारीको...