बुटवलमा कोरोनाको आशंकामा एक विरामीको नमुना परीक्षणका लागि काठमाडौं पठाइयो
गोरखापत्र अनलाइन ,
फाल्गुन २९, २०७६ बिहीबार
चीनले कोरोना भाईरसको महामारी सकिएको घोषणा गरेकै दिन नेपालको बुटवलमा एक युवालाई त्यस्तो भाईरस संक्रमण भएको आशंकामा परीक्षण थालिएको छ । कोरोनाका अधिकांश लक्षणहरू मिलेपछि स्वाब परीक्षणका लागि काठमाडौं पठाईएको हो ।