logo
२०८१ मंसिर १४ शुक्रवार



एक वर्षभित्र गाउँपालिका उज्यालो हुने

प्रदेश |


एक वर्षभित्र गाउँपालिका उज्यालो हुने
ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा अलपत्र अवस्थामा छाडिएको तार र पोल । तस्बिरः मनोज भट्टराई, ओखलढुंगा


मनोज भट्टराई
ओखलढुंगा, फागुन १० गते । ओखलढुंगाको मानेभञ्ज्याङ्ग गाउँपालिकामा एक वर्षभित्र उज्यालो गाउँपालिका बन्ने भएको छ । गाउँपालिकाको नौ वटै वडाहरुमा विधुत् लाईन विस्तार गरी एक वर्षभित्र गाउँपालिकालाई उज्यालो गाउँपालिका बनाउन लागिएको हो ।
गाउँपालिकामा कसरी सबै वडामा विधुतिकरण गर्न सकिन्छ भन्ने विषयमा महत्वपूर्ण छलफल चलिरहेको र अब कार्यपालिकाको बैठकमा निर्णय गरेर विधुत विस्तारको काम अगाडि बढाउने गाउँपालिका प्रमुख मोतिराज राईले बताउनुभयो । गाउँपालिकाले ग्रामिण विद्युतिकरणा लागि करिब एक करोड रुपियाँ भन्दा बढी रकम विनियोजन गरेको र सोलु करिडोर आसपासमा सोलुकरिडोर ग्रामिण विधुतिकरण आयोजनाले विधुत् विस्तार गर्ने भएकाले गाउँपालिका र प्राधिकरणबाट विनियोजित बजेट वडा नं. २ र ३ मा विस्तारका लागि खर्च गर्न स्थानियले माग गरेका छन् । वडा नं. २ र ३ उँवु र वाक्सामा छिट्टै विद्युतिकरण हुने राईले बताउनुभयो । सोलु करिडोरको तिन किलोमिटर क्षेत्रमा उवु र वाक्सा बाहेक सवै वडाहरु स्वतः समेटिने भएका कारण पिन गाउँपालिकाले यो कार्य गर्न लागेको उहाँको भनाइ छ ।
मानेभञ्ज्याङ गाउँपालिका सोलु करिडोर प्रभावित क्षेत्रमा परेकाले करिब २० करोड बराबरको रकम मानेभञ्ज्याङ्ग गाउँपालिकामा विधुत् विस्तारका लागि खर्च गरिने सोलु कोरिडोर ग्रामिण विधुतिकरण आयोजनाका प्रमुख नारायण प्रसाईको भनाइ छ । मापदण्द अनुसार करिडोर आसपासको तीन किलोमिटर क्षेत्रमा विधुतिरणको काम गर्नुपर्ने भए पनि आवश्यकता र गाउँपालिकाले माग गरेको क्षेत्रमा विधुत पु¥याईने उहाँले बताउनुभयो । सोलुकोरिडोर प्रभावित क्षेत्रमा ओलढुंगाका सिद्धिचरण नगरपालिका र मोभञ्ज्याङ्ग गाउँपालिका पर्दछन् । नेपाल विधुत प्राधिकरणबाट ग्रामिण विद्युतिकरणका लागि एक करोड पाँच लाख रुपैयाँ मनेभञ्ज्याङ गाउँपालिकामा विनियोजन भएको नेपाल विद्युत प्रधिकरण ओखलढुंगा वितरण केन्द्र रुम्जाटारका प्रमुख सन्जिव साहको भनाइ छ । चालू आर्थिक वर्षमा विधुतिकरणका लागि अन्य गाउँपालिकाहरुका लागि समते वजेट विनियोजन भएको साहले बताउनुभयो । प्राधिकरणले विगत केही वर्षदेखि ग्रामिण विद्युतिकरणमा जोड दिए पनि जिल्लाको १० प्रतिशत भू–भागमा समेत केन्द्रिय विद्युत पुग्न सकेको छैन । कतिपय स्थानमा वर्षौंदेखि तार र पोल अलपत्र अवस्थामा समेत छाडिएको छ ।
जिल्लामा ७ मेगावटको मालुङ संचालनमा रहेको छ भने ५४ मेगावाटको लिखु ४ निर्माणाधिन अवस्थामा रहेको भए धेरै स्थानमा केन्द्रिय विधुत् पु¥याउन सकिएको छैन । ओखलढुंगाका मानेभञ्ज्याङ्ग गाउँपालिकालगायत जिल्लाका ९० प्रतिशत सर्वसाधरण वैकल्पिक ऊर्जाबाट प्राप्त अनुदान सहयोगमा सोलारलगायतका बत्ति बाल्न वाध्य रहेका छन् । जिल्लामा मोलुङहाईड्रोबाहेक विभिन्न स्थानमा पेल्ट्रिकसेट र माईक्रोहाईड्रोबाट ३.५ मगावट विद्युत उत्पादन गरी सर्वसाधरणले प्रयोग गरिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?