हिउँ प-यो, चिसोले सतायो, बाटो छैन, स्टेचारको सहारा
गोरखापत्र अनलाइन ,
माघ १८, २०७६ शनिबार
न बाटो छ न गतिलो अस्पताल नै । स्वास्थ्य चौकी चलेका छन् नर्सको भरमा । भूगोलले विकट पहाड ठड्याइदिएको छ भने प्रकृतिले चरम चिसो र हिमपात ।
नेपालकै भूगोलमा पर्छ हुम्ला जिल्ला तर राष्ट्रिय सडक सञ्चालले छोएको छैन । विरामी पर्दा हिउँ छल्दै स्टेचरमा तीनचार घण्टाको बाटो लानु पर्छ ।