राजन रावत
सिमकोट, माघ १८ गते । न बाटो छ न गतिलो अस्पताल नै । स्वास्थ्य चौकी चलेका छन् नर्सको भरमा । भूगोलले विकट पहाड ठड्याइदिएको छ भने प्रकृतिले चरम चिसो र हिमपात ।
नेपालकै भूगोलमा पर्छ हुम्ला जिल्ला तर राष्ट्रिय सडक सञ्चालले छोएको छैन । विरामी पर्दा हिउँ छल्दै स्टेचरमा तीनचार घण्टाको बाटो लानु पर्छ । हुम्लाका बासिन्दाकाे एउटै प्र
हुम्लामा लामो समयसम्म हिमपात हुँदा धेरैलाई मौसमी फ्लुबाट बिरामीहरूलाई उपचारका लागि स्वास्थ्य संस्थाहरूमा लैजान कठिन भएको छ । हिमपातले बाटो सेताम्मे र हिउँ पग्लेको स्थानमा चिप्लो हुँदा बिरामीलाई उपचारका लागि स्वास्थ्य चौकीमा लैजान सकस भएको हो ।
मौसमी फ्लुबाट सिकिस्त बिरामी भएपछि छोरालाई उपचारका लागि स्वास्थ्य चौकीमा लैजान कठिन भएको सिमकोट गाउँपालिका वडा नं. २ का जय बोहराले बताउनुभयो । बिरामी भएपछि उपचार गर्नैपर्ने, हिउँ जमेको र पग्लेको ठाउँमा हिलो बाटोको बिरामीलाई स्ट्रेचरमा राखेर जेनतेन स्वास्थ्य चौकीमा बोकेर पु¥याइएको उहाँले जनाउनुभयो ।
यस्तै सुत्केरी ब्यथा लागेकी सोही वडाकी जानकी भण्डारीलाई पनि जिल्ला अस्पतालसम्म स्ट्रेचरमा बोकेर ल्याउन सकस भएको बिरामीका आफन्त पुनजीत बोहराले बताउनुभयो । उक्त वडाबाट जिल्ला अस्पताल पुग्न तीन घण्टा पैदल लाग्ने गर्दछ । छ जना मिलेर पालैपालो स्ट्रेचरमा बिरामी बोकेर हिउँ र चिप्लो बाटोमा लड्दै ल्याई पु¥याएको पीडा उहाँले पोख्नुभयो । सडक सञ्जाल नजोडिएको हुम्लाबासीका लागि यो रहर नभएर बाध्यता भएको उहाँको भनाइ छ ।
यस्तो समस्या भोग्ने बिरामीमा सदरमुकाम सिमकोटमा पनि रहेको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताउनुभयो । अ
ाठ जना मिलेर दुई दिन अगाडि चार घण्टासम्म सुत्केरी ब्यथाले छटपटाएकी बिरामीलाई हिमपात भइरहेकै बेला स्टे«चरमा बोकेर ल्याएको जनाउँदै उहाँले यस्ता समस्या त बारम्बार भइ रहने हुँदा हिमपातमा समयमा बिरामीका आफन्तलाई बढी समस्या हुने गरेको जानकारी दिनुभयो ।
यो समस्या जिल्लामा मात्र नभएर गाउँमा पनि उस्तै रहेको हेल्थस फार्मेसीका डा. हर्कसिह भण्डारीले बताउनुभयो । घरदैलोमै मौसमी फ्लुका बिरामीको निःशुल्क उपचार गर्न गाउँ पुग्नुभएको उहाँसंग उपचार गराउन चार जना बिरामीलाई हिउँको बाटोमा स्ट्रेचरबाट बोकेर ल्याइएको थियो ।