समावेशी नभएकाे भन्दै कर्णाली प्रदेश सरकारविरुद्ध उच्च अदालत सुर्खेतमा रिट दर्ता
गोरखापत्र अनलाइन
माघ २५, २०७८ मंगलवार
कर्णाली सरकारविरुद्ध उच्च अदालत सुर्खेतमा मंगलबार रिट दर्ता भएको छ । अधिवक्ता शेरबहादुर खत्री र प्रदेश कार्यालय सुर्खेतका प्रमुख लेखा अधिकृत पदमा कार्यरत टीका विष्टले कर्णाली प्रदेशको मन्त्रिपरिषद्को गठन तथा विस्तार गर्दा महिला र दलित समावेश नगराएको भन्दै रिट दायर गर्नुभएको छ ।