नदेखिएको बारपाक दलित बस्तीको पीडा
गोरखापत्र अनलाइन
माघ २६, २०७८ बुधबार
भूकम्प गएको ६ वर्ष बित्न लाग्यो । पुनर्निर्माणको अधिकांश काम सकिएको भन्दै प्राधिकरणको कार्यालय पनि खारेज भइसकेको छ । भूकम्पले भत्काएकामध्ये जिल्लाका ६५ हजारभन्दा बढी घर निर्माण सम्पन्न भइसकेका छन् । निर्माणको प्रक्रियामा रहेका केही घरहरु स्थानीय तहको समन्वयमा शहरी आवास तथा भवन डिभिजन कार्यालय मार्फत निर्माण भइरहेको छ ।