खुला दिसामुक्त जिल्लाको मुख्य बजारमा नै छैन सार्वजनिक शौचालय
बजार क्षेत्रका घर, पसलहरुको शौचालय जान खोज्दा घरधनीले दिदैनन्, मानिसहरु कम भएका ठाउँमा गएर शौंच गर्नुपर्छ
नौ स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा
जिल्लाका नौवटा स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेका छन् । यसले गर्दा स्थानीय सरकारले प्रदान गर्ने सेवा सुविधा तथा गुणस्तरमा समेत प्रभाव पर्न थालेको छ । यहाँ दुई नगरपालिका र सात वटा गाउँपालिका रहेका छन् ।
लोप हुने खतरामा गण्डकी सभ्यता
नेपालको प्रमुख धार्मिक धरोहरका रूपमा रहेको धवलागिरिमा गण्डकी सभ्यता लोप हुने खतरामा परेको भन्दै सरोकारवालाले चासो र चिन्ता व्यक्त गरेका छन् । विश्वमा सभ्यताको विकास नदीहरुबाटै भएको पाइए पनि मानवीय लापरवाहीका कारण गण्डकी सभ्यता सङ्कटमा परेको उनीहरुको भनाइ थियो ।
काठेपुल नहुँदा जोखिम मोलेर यात्रा गर्दै स्थानीयवासी
हुम्लाको सिमकोट गाउँपालिका–१ र २ का स्थानीयवासी काठेपुल नहुँदा जोखिम मोलेर यात्रा गरिरहेका छन् । गाउँपालिका वडा नं ३ र ५ को सीमाक्षेत्रमा रहेको नदीको काठेपुल एक हप्ता अगाडि भत्किँदा सोही पालिकाको वडा नं १ र २ का स्थानीयवासीलाई आवतजावतमा बढी समस्या बनाएको छ ।
भ्रमण वर्षमा बुटवलमा सडक खाना महोत्सवको तयारी
नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० र प्रदेश नं ५ सरकारले सञ्चालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउने उद्देश्यका साथ बुटवलमा दोस्रो सडक खाना महोत्सवको तयारी गरिएको छ ।