राजधानी र नामाकरण पुस भित्रै टुङ्गो लगाउँछौः मुख्यमन्त्री पौडेल
गोरखापत्र अनलाइन ,
पुष १३, २०७६ आईतवार
प्रदेशको स्थायी राजधानी तोक्न र नामाकरणमा सकस खेप्दै आएको प्रदेश ३ को स्थायी राजधानी र नामाकरण अब औपचारिक रुपमा नैटुङ्गो लाग्ने भएको छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आइतबार विहान बसेको सचिवालय वैठकले प्रदेशको स्थायी राजधानी हेटौँडा तोक्ने र बागमती नामाकारण गर्ने निर्णयसँगै स्थायी राजधानी र नामाकरण गर्न बाटो खुलेको हो ।