स्वास्थ्यकर्मी नै बिरामीका रक्तदाता
जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी नै यहाँका बिरामीलाई समय–समयमा रगत दिन बाध्य भएका छन् ।
तीन स्थानीय तहको विद्यालय बन्द
शीतलहरका कारण अत्यधिक चिसो बढेपछि सप्तरीका तीन स्थानीय तहले विद्यालय बन्द गरेका छन् । राजविराज नगरपालिकाले जाडो बिदा प्रयोजनका लागि छुट्याइएको ६ दिनमध्ये हाललाई आजदेखि मङ्गलबारसम्म तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको सूचना जारी गरेको छ । बन्दको निर्णयपछि राजविराज नगरपालिकाअन्तर्गतका ४२ सामुदायिक विद्यालय तीन दिनसम्म बन्द रहने नगरउपप्रमुख साधना झाले बताउनुभयो ।
प्राविधिक विश्वविद्यालय स्थापना हुने
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा प्राविधिक विश्वविद्यालय स्थापना हुनलागेको जानकारी दिनुुभएको छ ।
मुहान सुके, गाउँमा विजुली पुग्यो, चल्न थाले विद्युतीय घट्ट
ग्रामीण भेगमा विद्युतीकरणको बढ्दो पहुँचसंगै रौतहटको उत्तरी क्षेत्रमा रहेका अन्न पिसान गर्ने परम्परागत पानी घट्ट विस्थापन हुँदै जान थालेका छन् ।
वैदेशिक स्रोतको रकम फुकुवा नहुँदा कर्मचारीले तलब पाएनन्
वैदेशिक स्रोतको रकम फुकुवा नहुँदा जिल्लाका स्थानीय तहका कर्मचारीले दुई महिनादेखि तलब पाउन सकेका छैनन् । कोष तथा लेखा नियन्त्रण कार्यालयबाट सशर्त अनुदान रकमको दोस्रो चौमासिकको निकासा नहँुदा कर्मचारीले कात्तिक र मङ्सिरको तलब पाउन नसकेका हुन् ।