logo
२०८१ मंसिर ११ मंगलवार



‘मातृभाषा शिक्षालाई प्रभावकारी एवं व्यवस्थित बनाइनेछ’

प्रदेश |


‘मातृभाषा शिक्षालाई प्रभावकारी एवं व्यवस्थित बनाइनेछ’


फिदिम, मङ्सिर १९ गते ।  पाँचथरको फाल्गुनन्द गाउँपालिकाले मातृभाषा शिक्षालाई प्रभावकारी एवं व्यवस्थित बनाउनका लागि फाल्गुनन्द भाषा शिक्षालय निर्माण तथा सञ्चालन गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष वीरबहादुर कुरुम्बाङले गाउँपालिकाको कार्यालय घुर्वीसेपञ्चमीमा बुधबार पदभार ग्रहण गर्दै सो निर्णय गर्नुभएको हो । अध्यक्ष कुरुम्बाङले मातृभाषाका शिक्षक उत्पादन गरी मातृभाषा शिक्षालाई प्रभावकारी एवं व्यवस्थित बनाउनका लागि भाषा शिक्षालय निर्माण तथा सञ्चालन गर्ने निर्णय गरिएको बताउनुभयो ।

यसैगरी उहाँले दुई वर्षभित्रमा गाउँपालिकाको प्रशासकीय भवन निर्माण, छ महिनाभित्र फाल्गुनन्द आवधिक योजना निर्माण, गरीबी निवारण कार्यक्रम सञ्चालन तथा समावेशीकरण, लैङ्गिक समानता, सुशासन, सूचना प्रविधिको उपयोगमार्फत प्रभावकारी सेवा प्रवाह गर्ने लगायत निर्णय गरिएको जानकारी दिनुभयो ।

सो अवसरमा अध्यक्ष कुरुम्बाङले जनतालाई सुखी बनाउने र फाल्गुनन्द गाउँपालिकालाई समृद्ध बनाउने कार्यमा सहकार्य तथा सहयोग गर्न सबै पक्षलाई आग्रह गर्नुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?