छठको लागि पोखरी, नदी तलाउ सिँगार्न शुरु
मिथिलाको प्रसिद्ध पर्वको रुपमा चिनिएको छठ पर्वको लागि पोखरी, नदिहरुलाई सिँगारिन शुरु गरिएको छ । यो बर्षको छठ पर्व कात्तिक १६ गते परेको छ ।
बारामै पाँच सय प्रतिशतले बढ्यो तरकारीको भाउ
दशैयता बारा जिल्लामा हरियो तरकारीको मूल्य आकाशिएको छ । कृषकबाट सिधै बजारमा तरकारी नआउँदा तरकारीको भाउ आकाशिएको हो । किसानसँग बिचौलियाले खरिदगरी आफुखुशी तरकारीको भाउ राखेर बेच्ने गरेका छन् । दशैदेखि हरियो तरकारीको भाउ झण्डै ५ सय प्रतिशतसम्म बढेको उपभोक्ताहरुले बताएका छन् ।
माटोको सामग्री बेचेर राम्रो आम्दानी गर्दै कुम्हाल समुदाय
दिपावली र छठमा माटोको सामग्रीको माग बढी हुने गर्दछ । यतिबेला कुम्हाल समुदायले माटोको सामग्री बेचेर राम्रो आम्दनी गरिरहेका छन् ।
दलित समुदायलाई शुद्ध खानेपानीका लागि धारा
सुनसरीको दुहबी नगरपालिकाकाका दलित समुदायका ५० परिवारलाई खानेपानीका लागि धारा वितरण गरिएको छ । दुहवी नगरपालिकाको सहयोग तथा करुणा फाउन्डेसन र म्याक्स फाउन्डेसनको सहकार्यमा दुहबी १ को मुसहर बस्तिका ५० परिवारलाई शुद्ध खानेपानीका लागि धारा वितरण गरिएको हो ।
डोजर चालकविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता
डोजरले महिला हुत्याउने चालकविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । दशरथचन्द नगरपालिका–९ मा स्थानीयवासी गौरी जोशीलाई डोजरले हुत्याउने चालक किशोर बोहराविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको हो ।