logo
२०८१ मंसिर ८ शनिवार



छठको लागि पोखरी, नदी तलाउ सिँगार्न शुरु

प्रदेश |


छठको लागि पोखरी, नदी तलाउ सिँगार्न शुरु


जलेश्वर, कात्तिक ६ गते ।
मिथिलाको प्रसिद्ध पर्वको रुपमा चिनिएको छठ पर्वको लागि पोखरी, नदिहरुलाई सिँगारिन शुरु गरिएको छ । यो बर्षको छठ पर्व कात्तिक १६ गते परेको छ ।
छठपर्वको आगमनसंगै अहिले मिथिलाका पोखरी, नदि, तलाउहरुलाई सरसफाई गर्ने र सिंगारिने कार्य दु्रतगतिमा बढेको छ ।

कतिपय ठाउँहरुमा युवा आफै पूजा गर्ने घाट सफा गर्ने गरेका छन् भने कतिपय ठाउँमा ठेक्कामा दिएर सजाउने गरिन्छ ।
रातभरि पोखरी, नदि तलाउको पुजास्थलमा पुजा सामग्री सहित बस्नुपर्ने भएकोले शित नपर्ने गरी र चिसोबाट बच्न टेण्ट लगाइने गरिन्छ । सो स्थलमा विभिन्न झिलिमिल बत्ती, बाजाहरु समेत राख्ने गरिन्छ ।
तराईको मुख्य पर्वको रुपमा चिनिएको यो पर्वमा चाहिने सामग्रीहरुको जोहो गर्ने कार्यलाई समेत निरन्तरता दिइएको छ । स्वच्छ, सफा रुपमा मनाइने यो पर्वमा बाँसका छिटा, ढकिया, चङेरा, माटोको कोशिया, कुरवार, हात्ती, दीप लगायत फलफूलहरु अनिवार्य मानिने हुनाले यसको जोहोमा मिथिलाबासीहरु जुटिसकेको जलेश्वर वडानं. १ का युवा सागर पासवानले बताउनुभयो ।


युवा पासवानले छठको आगमनसंगै परिक्रमा गाछी नजिकको पछियारी पोखरी अहिलेदेखि नै सिंगारिन तथा सरसफाई गर्न शुरु गरिसकिएको बताउनुहुदै महापर्वको रुपमा चिनिने यो पर्वको तयारी एकमहिना पहिलादेखि नै गरिने चलन यस क्षेत्रमा रहेको जानकारी दिनुभयो ।
शरद ऋतुको जाडो र गर्मीको मिश्रित समयमा कार्तिक शुक्ल षष्ठीको वेलुका अँस्ताउदो र त्यसको भोलीपल्ट उँदाउदो सुर्यलाई अर्घ दिई यो पर्व मनाईने गरिन्छ ।

यो पर्व १६ गते शनिबार साँझको अर्घ दिइने र १७ गते बिहानको अर्घ दिएर समापन गरिने छ । मुख्यतः दुई दिनको यो पर्वभएपछि चार दिवसीय रुपमा यो पर्व मनाइने चलन रहेको छ । पहिलो दिन नहाईखाई, दोस्रो दिन खरना, तेस्रो दिनसंझिया अर्घ र चौथो दिन बिहानको अर्घ दिएर यो पर्वको समापन गरिने चलन रहेको छ । अँस्ताउदो सुर्यलाई छठी मईया तथा उँदाउदो सुर्य लाई दिनकर भनी यो पर्वमा पुजा गर्ने गरिन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?