डोल्पासम्म आवतजावतकाे लागि भेरी करिडोरको स्तरोन्नति गरिने
गोरखापत्र अनलाइन ,
कार्तिक ४, २०७६ सोमबार
भेरी करिडोर अन्तर्गत पर्ने जाजरकोट–डोल्पा सडक खण्डको स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा कालोपत्रेको प्रक्रिया सुरु गरिएको छ । पहिलो चरणमा यस सडकको जाजरकोट पाछागाडदेखि र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको चिसापानी सम्मको २८ किलोमिटर सडक कालोपत्रे हुने भएको हो ।