logo
२०८१ मंसिर १० सोमवार



‘विकास र सामाजिक रुपान्तरण नै हाम्रो अभिष्ट’ : वरिष्ठ नेता माधव नेपाल

राष्ट्रिय |
प्रदेश |


‘विकास र सामाजिक रुपान्तरण नै हाम्रो अभिष्ट’ : वरिष्ठ नेता माधव नेपाल
तस्विर : जिवछ यादब


जिवछ यादब
लहान, कातिक ४ गते । पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले विकास र सामाजिक रुपान्तरण नेकपा र सरकार दुबैको अभिष्ट रहेको बताउनु भएको छ ।
पुष्पलाल स्मृति प्रतिष्ठान लहान सिरहाले लहानमा आयोजना गरेको दीपावली–छठको शुभकामना आदान प्रदन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
उहाँले केन्द्रमा दुई तिहाइ र सात प्रदेशमध्ये ६ प्रदेशमा नेकपाका सरकार रहेकोले विकास र सामाजिक न्याय सहितको रुपान्तरण गर्न सबै तह तप्काको नेता कार्यकर्ताहरु एक ढिक्का भएर लाग्नुपर्ने बताउनुभयो ।
वरिष्ठ नेता नेपालले भन्नुभयो,‘पार्टीमा खुट्टा तान्ने प्रवृति हावी भईरहेको र जनप्रतिनिधिहरु सिद्धान्त, विचारबाट समेत विचलित भईरहेको सुनिएको छ । यो प्रवृति पार्टी र सरकार दुबैको लागि शुभ संकेत होइन,वेलैमा लिकमा ल्याउन पुष्पाल प्रतिष्ठानले वैचारिक वहस चलाउन जरुरी छ ।’
खुट्टा तानेर आफ्नै नेता कार्यकर्ताहरुलाई गिराउने होइन, हात समातेर माथि उठाउने काम गरेर जनताको सेवामा लाग्न नेता नेपालले आग्रह गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी मधेश विरोधी रहेको हौवा फलाउने काम विगत देखि नै भइरहेकोले यसप्रति सचेत भएर तराइ मधेशमा विद्यमान सामाजिक विकृति दाइजो प्रथा हटाउन नेकपाका नेता कार्यकर्ता लाग्नुपर्ने सुझाव दिनुभयो ।
उहाँले गरीव , दलित , सुकुम्वासी, वृद्धवृद्धा र विभेदको शिकार भएका जनताको पक्षमा नेकपाले नौ ‘स’ को कार्यक्रम ल्याउनुको साथै आफू प्रधानमन्त्री भएको वेलामा तराई मधेशको सिरहा , रौतहट र नवलपारसी जिल्लाबाट जनता आवासको कार्यक्रम सुरु गरेको खुलाउनुभयो ।
सिरहा जिल्लाका जय गोविन्द साह र रौटहट जिल्लाको हरिदयाल महतो जस्ता किसान नेता यहि भूमिमा जन्मेको स्मरण गर्दै प्रदेश २ मा किसान र मजदुरको हकमा काम गरेर आउने चुनावमा यस प्रदेशमा समेत नेकपाको सरकार बनाउने गरी काम गर्न नेता कार्यकर्ता र जनप्रतिनिधिहरुलाई ध्यान आकर्षण गराउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?