हिँउदे वर्षाले गहुँ र आलस बालीलाई फाइदा
गोरखापत्र अनलाइन
माघ २२, २०७८ शनिबार
केही दिन यता परेको हिँउदे वर्षाले अरहर बाहेक सबै बालीलाई फाइदा नै भएको लहान नगरपालिका कृषि शाखाले जनाएको छ । कृषि शाखाका प्रमुख प्रकाश साह हलुवाइकाअनुसार अरहर बालीमा पहिलो पटक लागेको फूल वर्षाका कारण झरेकाले हिँउदे वर्षाले कूल उत्पादनको २५ प्रतिशत कम अरहर उत्पादन हुनेछ । अरहर (रहर) बाहेक मसुरो, चना, गहुँ, आलस लगायतका बालीहरुलाई वर्षाले फाइदा नै भएको छ ।