दमौली अस्पतालका चिकित्सक ६ महिनादेखि तलब पाएनन्
गोरखापत्र अनलाइन
माघ २१, २०७८ शुक्रबार
तनहुँको सदरमुकाम दमौलीस्थित दमौली अस्पतालका सङ्घीय सरकारबाट छात्रवृत्ति करारमा कार्यरत विशेषज्ञ चिकित्सक, चिकित्सक तथा स्वास्थ्यकर्मीले ६ महिनादेखि तलब पाएका छैनन् । चालु आर्थिक वर्षको साउनदेखिको पुससम्मको तलब प्राप्त नगरेको दमौली अस्पतालले जनाएको छ । मेडिकल अधिकृत आठ जना, विशेषज्ञ चिकित्सक दुई जना र नर्सिङ अधिकृत दुई जना गरी ११ जनाको साउनदेखि तलब बापतको रकम निकासी नभएको अस्पतालका सहायक लेखापाल खिलबहादुर कुमालले...