सुगम जिल्लामा पनि अझै चलेन सार्वजनिक यातायात
रासस
चैत्र २२, २०७८ मंगलवार
सुगम जिल्ला भए पनि त्यहाँको एक पालिकाका नागरिकले अझै सार्वजनिक यातायात सेवा लिन पाएका छैनन् भन्दा पत्यार नलाग्न सक्छ ! हो, कञ्चनपुरको लालझाडी गाउँपालिकावासीले दशकौँदेखि यस्तो समस्या भोग्दै आएका छन् ।
स्थानीय जनप्रतिनिधि आएपछि केही वडामा छिटपुटरूपमा सडक कालोपत्र भए पनि गाउँपालिकाका अधिकांश सडक कच्ची छन् । छवटा वडा रहेको गाउँपालिका कञ्चनपुरको भौगोलिकरूपमा निकै विकट मानिन्छ । “चालु आर्थिक वर्षमा विभिन्न वडामा...