logo
२०८१ बैशाख १४ शुक्रवार



गठबन्धन जोगाउनु सरकारको दायित्व हो : गृहमन्त्री खाँण

राष्ट्रिय |
प्रदेश |


गठबन्धन जोगाउनु सरकारको दायित्व हो : गृहमन्त्री खाँण


अमरराज नहर्की
तनहुँ, चैत २१ गते । गृहमन्त्री बालकृष्ण खाँणले आगामी तीन तहकै चुनावसम्म गठबन्धन बचाउनु सरकारको दायित्व भएको बताउनुभएको छ । तनहुँको सदरमुकाम दमौलीमा सञ्चालित आठौं तनहुँ महोत्सवको सोमबार यहाँ समापन गर्दै गृहमन्त्री खाँणले सो कुरा बताउनु भएको हो ।

‘संविधान, लोकतान्त्रिक मूल्य पद्धति, नागरिक र स्वतन्त्र पत्रकारिता रक्षाका लागि गठबन्धन गरी सरकार निर्माण गरिएकाले यसलाई थप मजबुद बनाउन आगामी तीनवटै चुनावसम्म निरन्तरता दिइनुको विकल्प नरहेको उहाँले बताउनुभयो । ‘सम्पत्तिमाथिको नागरिकको स्वामित्व रक्षा गर्न आन्दोलनको मूल मर्मलाई बचाउन गठबन्धन गरिएको हो’ उहाँले भन्नुभयो, “हिजो गिरीजाबाबु र पुष्पकमल दाहाल मिले जसरी नै अघि बढ्न जरुरी छ ।”

गठबन्धनबाट बनेको सरकार भएकाले भावानाअनुसार नै अघि बढ्ने उहाँले प्रष्ट पार्नुभयो । नेपाली कांँग्रेस गठबन्धनभन्दा बाहिर नजाने उहाँले बताउनुभयो । गठबन्धनलाई साथ दिने अन्य पार्टीको पनि कांग्रेसले अभिभावकत्व ग्रहण गरिरहन हाल आवश्यक भएकाले गठबन्धन कायम रहने दावी गृहमन्त्री खाँणले गर्नुभयो ।

नेपालमै विद्युत उत्पादन केन्द्र गतिशील बन्ने ट्रान्समिसन टावरको लाइनबाट गाउँबस्तीमा विधुत पु¥याइने उल्लेख गर्दै मन्त्री खाँणले विजुलीको पहुँच पुगेपछि पेट्रोलियम पद्धार्थको विकल्पमा विद्युत प्रयोग गरी नेपाल त्यसमा आत्मनिर्भरता बन्ने बताउनुभयो । एमसीसीको कारण विदेशी सेना आउँछ भन्नेहरुप्रति व्यङ्ग्य गर्दै गृहमन्त्री खाँणले भन्नुभयो, “विजुलीको तारबाट सेना आउँदैन, विजुली आउँछ ।”

सङ्घीय खानेपानीमन्त्री उमाकान्त चौधरीले समृद्धि र गरिबी निवारणको लागि सरकारले काम गरिरहेको चर्चा गर्नुभयो । एमसीसी गरिवी निवावरणका लागि ल्याइएको परियोजना भएकाले भ्रममा नपर्न आग्रह गर्नुभयो । डाँडाको बस्तीमा खानेपानी पु¥याउन र सिंचाईको लागि विद्युत प्रयोग गरेर जनतालाई सुखी बनाउन टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?