कोरोनानाबाट ज्यान गुमाएका परिवारलाई एक लाख राहत
रासस
माघ १२, २०७८ बुधबार
कोभिड–१९ सङ्क्रमण भएर ज्यान गुमाएका परिवारलाई राहत वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ सङ्क्रमणबाट ज्यान गुमाएका मृतकका परिवारलाई रु एक लाखका दरले वितरण गरेको हो ।
कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्राप्त रु १७ लाखबाट मृतकका परिवारलाई रु एक लाखका दरले वितरण गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिनुभयो । कोभिड–१९ का समयमा परिवारका सदस्य गुमाएर...