चार लाख ८४ हजार नगदसहित १२ जुवाडे पक्राउ
गोरखापत्र अनलाइन
माघ १२, २०७८ बुधबार
जुवाको खालबाट सर्लाही प्रहरीले नगदसहित १२ जना जुवाडेलाई पक्राउ गरेको छ । मङ्गलबार राती १२ बजे बागमती नगरपालिका– ३, धरहरास्थित ढलक भन्ने सञ्चर घिसिङको घरभित्र जुवा खेलिरहेको अवस्थामा प्रहरीले चार लाख ८४ हजार ५० रुपियाँ नगदसहित पक्राउ गरेको हो ।