राष्ट्रियसभा निर्वाचन : मधेस प्रदेशमा ३६६ मत खस्यो
गोरखापत्र अनलाइन
माघ १२, २०७८ बुधबार
राष्ट्रिय सभा निर्वाचनमा मधेस प्रदेशमा कूल ३७२ मतदातामध्ये ३६६ जनाले मतदान गरेका छन् । जनकपुरधामस्थित महेन्द्रनरायण निधि भवनमा राखिएको बुथ केन्द्रमा बुधबार भएको मतदानमा सो मत खसेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले बताउनुभयो ।