स्वास्थ्यकर्मीसहित साठी जनामा सङ्क्रमण
गोरखापत्र अनलाइन
माघ ६, २०७८ बिहीबार
बागमती प्रदेश सरकारअन्तर्गत रहेको हेटौँडा अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीसहित जिल्लाका ६० जनाभन्दा बढी कर्मचारीमा कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो छ दिनको अवधिमा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्टसहित ३६ जनामा कोरोना पुष्टि भएको हो ।
अस्पतालका अध्यक्ष राजेश प्रसाईंले चार जना चिकित्सक, ११ जना नर्स, पारामेडिकल, ल्याबसहितका स्वास्थ्यकर्मी १३ जना र कार्यालय सहयोगीसहित प्रशासनका गरी आठ जना कर्मचारीमा कोरोना...