बेनी नगरपालिका भित्रका विद्यालय पनि माघ १५ सम्म बन्द
गोरखापत्र अनलाइन
माघ ५, २०७८ बुधबार
हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका क्षेत्रका सबै शैक्षिक संस्थाहरु माघ १५ गते सम्मका लागि बन्द हुनेभएको छ । बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालकाअनुसार कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको फैलावट बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै शैक्षिक संस्थहरु बन्द गर्ने निर्णय भएको हो ।