जङ्गली हात्तीका कारण स्थानीय त्रसित
गोरखापत्र अनलाइन
माघ ५, २०७८ बुधबार
तीनवटा जङ्गली हात्तीले गाउँ नछाड्दा सिन्धुलीको कमलाखुँज क्षेत्रका बासिन्दा आतङ्कित बनेका छन् । उक्त हात्तीको समूहले सोमबार राति कमलामाई नगरपालिकाको–१४ का वडा सदस्य लक्ष्मी विक र कुमार विकको घर भत्काएर क्षति पु-याएको वडाध्यक्ष जितलाल माझीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि हात्ती राति बस्तीमा र दिउँसो जङ्गलमा बस्ने गरेको छ । ”