चैत मसान्तभित्र हतियार बुझाउन अल्टिमेटम
गोरखापत्र अनलाइन
चैत्र १२, २०७८ शनिबार
इजाजत प्राप्त हात हतियार चैत मसान्तभित्र बुझाउन जिल्ला प्रशासन कार्यालय जाजरकोटले अल्टिमेटम दिएको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत झलक केसीले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन शान्त, भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले जिल्लाका नागरिकलाई इजाजत प्राप्त सबै हतियार बुझाउन प्रशासनले निर्देशन दिएको बताउनुभयो ।