सुक्खा पहिराेले चुरे काछवासी त्रासमा
रासस
चैत्र ११, २०७८ शुक्रबार
बर्दिवास नगरपालिका–१० र ११ मा पर्ने खयरमाराको चुरे काछका बासिन्दा त्रासमा छन् । बुधबार राति चुरे काछको तीनतले बस्ती नजिकै पाखामा ठूलो पहिरो गएपछि यहाँका १० भन्दा बढी बस्तीका बासिन्दा निदाउन सकेका छैनन् । पहिराले खयरमारा खोला थुनेर हिउँदे बाटो अवरुद्ध गरेपछि बजारसँगको सम्बन्ध पनि काछवासीको टुटेको छ ।
“के गरम् हजुर, निन्द्रा लाग्दैन, कतिखेर कुन पाखा झर्ने हो भन्ने त्रास भइरहन्छ”, भाङ्ग्रे बस्तीकी सन्तमाया तामाङले...