logo
२०८१ बैशाख २० बिहीवार



थ्रिडी पार्क मर्मत पछि सञ्चालनमा

खुला |
प्रदेश |


थ्रिडी पार्क मर्मत पछि सञ्चालनमा


तिलाचन पाण्डे
तम्घास, चैत १२ गते । निर्माण भएको लामो समयसम्म सञ्चालनमा आउन नसकेको तम्घासको थ्रिडी पार्क मर्मतपछि अहिले सञ्चालनमा आएकोे छ । रेसुङगा नगरपालिका र लुम्बिनी प्रदेशको ५०–५० प्रतिशत साझेदारीमा ५५ लाख रुपियाँको लागतमा पार्क निर्माण गरिएको हो । सो पार्कलाई नगरपालिकाले थप पाँच लाख रुपियाँको लागतमा मर्मत गरी सञ्चालनमा आएको हो ।

पार्कको रेसुङगा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले एक कार्यक्रमबीच उदघाटन गर्नुभयो । पार्कको उदघाटन गर्दै भुसालले पार्कको संरक्षण गर्नु र सुन्दरता कायम राख्नु सबैको दायीत्व भएको बताउनुभयो । विगतमा पार्कको संरक्षण गर्न नसक्दा केही संरचनाहरु भत्किएको भन्दै हाम्रो भावना राखेमा संरक्षण हुने र सौन्दर्यता कायम हुने बताउनुभयो ।

पहिले लाँकुरी मञ्चको नाममा चिनिने सो स्थलको पहिचान नै अहिले गुमेको छ । लामो समय पार्कले आफ्नो पहिचान स्थापित गर्न सकेको थिएन । ढीलै भएपनि पार्कको उदघाटन हुनु सुखद भएको नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेले बताउनुभयो ।

विभिन्न संघ संस्था, संगठन र दलहरुले सरकारलाई खबरदारी गर्ने बर्षौको इतिहास बोकेको लाँकुरी मञ्च भत्काउनु राम्रो पक्ष नभएको बताउनुभयो । पाण्डेले पार्कलाई पहिलेकै लाकुरी मञ्चमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । जसले पार्कको परिकल्पना गरेको हो त्यो नै जवाफदेही हुनुपर्छ उहाँले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?