अब जनयुद्ध हुनेछैन :मन्त्री भुसाल
गोरखापत्र अनलाइन
चैत्र १०, २०७८ बिहीबार
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संविधान, राष्ट्रियता र सङ्घीय गणतन्त्रको रक्षाका लागि पाँच दलीय गठबन्धन गरी सरकार सञ्चालन गरिएको बताउनुभएको छ ।
काभ्रेको बनेपामा बुधबार आयोजित वैचारिक राजनीतिक प्रशिक्षण कार्यक्रममा बोल्दै मन्त्री भुसालले संविधान मिच्दै प्रतिनिधि सभा विघटन गरी संविधान निष्क्रिय पार्ने, देशलाई प्रतिगमनतर्फ लैजाने योजना अघि बढाएपछि त्यसलाई रोक्न गठबन्धन बनाएको बताउनुभयो ।