logo
२०८१ बैशाख १३ बिहीवार



जे गर्नुछ नेपालमै गरौं : प्रधानसेनापति शर्मा

खुला |
प्रदेश |


जे गर्नुछ नेपालमै गरौं : प्रधानसेनापति शर्मा


डिलबहादुर सिंह
दिपायल, चैत ९ गते । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले पूर्व सैनिकलाई आर्थिक समृद्धि र आयआर्जनका लागि स्वदेशमा नै रहेर काम गर्न आग्रह गर्नुभएको छ । पश्चिम कमाण्ड अन्तर्गतको पाँच नम्बर वाहिनी अड्डा दिपायलमा आयोजित भूतपूर्व सैनिक सम्मेलन २०७८ लाई सम्बोधन गर्नुहुँदै प्रधानसेनापति शर्माले सो आग्रह गर्नुभयो ।

अवकास पछि बिदेश जानेक्रम बढेकाले स्वदेशमै रोजगारमुलक काम गरेर बस्न उहाँले सल्लाह दिनुभयो । प्रधानसेनापति शर्माले भन्नुभयो,– ‘बिदेशमा पनि पैसाको रुख छैन, बिदेशमा गर्ने दुखः नेपालमै गर्नुहोस् । जे गर्नुछ नेपालमै गर्नुहोस् । घरपरिवार सँगै बसेर आयआर्जन बढाउनुहोस् ।’

अवकाश प्राप्तपछि पनि सैनिकको अनुशासन र ब्यवहारका कारण समाजमा छुट्टै पहिचान र सामाजिक प्रतिष्ठा कायम रहेकोतर्फ संकेत गनुहुँदै प्रधानसेनापति शर्माले आर्थिक रुपमा सवल भएर समाजमा उदाहरणीय बन्न सुझाव दिनुभयो ।

पाँच नम्बर वाहिनी अड्डा अन्तर्गतका डोटी, बाजुरा, अछाम, बैतडी, बझाङ, दार्चुला डडेल्धुरा जिल्लाका पूर्व सैनिक तथा आश्रित परिवारसँगको पुनर्मिलन गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको छ । सम्मेलनमा स्वास्थ्य शिविर, सम्मान कार्यक्रम, आय आर्जनका लागि लघुवित्त कार्यक्रम अन्तर्गत सहुलियत दरमा ऋण प्रदान गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?