logo
२०८१ बैशाख १५ शनिवार



भ्रष्टाचार नियन्त्रणमा सहकार्य आवश्यक : आयुक्त पौडेल

खुला |
प्रदेश |


भ्रष्टाचार नियन्त्रणमा सहकार्य आवश्यक : आयुक्त पौडेल


शिवशंङ्कर मिश्र
बारा, चैत ९ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा.हरि पौडेलले अख्तियारको एक्लो प्रयासले मात्र भ्रष्टाचार नियन्त्रण नहुने हुँदा भ्रष्टचार रोक्न सबैको सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाद्वारा बुधबार कलैयामा आयोजित “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन” सम्बन्धी जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा आयुक्त डा.पौडेलले कानुन बमोजिम काम कारबाही गर्ने व्यक्ति अख्तियारसँग डराउन नपर्ने बताउनुभयो ।

नियम विपरीत आर्थिक क्रियाकलाप गर्ने, जनतालाई अनावश्यक दुःख दिने, आर्थिक प्रलोभनमा नियमविपरीतका काम गर्नेलाई अख्तियारले कारबाही गर्दैआएको बताउनुभयो । भ्रष्टाचार नियन्त्रणमा आयोगको भूमिका तथा बारामा भ्रष्टाचारसहित अनियमित्ताका घटना र उजुरीका अवस्था बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय काठमाडौँका उपसचिव वेदप्रसाद भण्डारी र क्षेत्रिय कार्यालय हेटौडाका प्रमुख अर्जुनकुमार शर्माले कार्यपत्र प्रस्तुत गर्नुभयो ।

बारामा खरिद प्रक्रिया, गलत ईस्टिमेट, जिन्सी दाखिला नगर्ने, उपभोक्ता सम्बन्धमा, निर्माण कार्यमा सरोकारवाला नदेखिने, अन्य ब्यक्ति राखिनेजस्ता बढी भ्रष्टचार तथा अनियमितता भएको अनुसन्धानबाट खुलेको छ ।

चालुआर्थिक बर्ष २०७८–७९ फागुन मसान्तसम्ममा बाराको १६ वटै पालिकामा ३२६ वटा उजुरी परेकोमा १६२ फछ्र्यौट भएको आयोगले जनाएको छ । सबैभन्दा कम देवताल गाउँपालिकामा एक र जितपुसिमरा उपमहानगरपालिकामा ४० वटा उजुरी परेको देखिएको छ । पर्सा, रौतहट जिल्लामध्ये बढी उजुरी बाराबाट परेकाले भ्रष्टचार गर्दिन्, अरुलाई गर्न दिन्न भने सहभागीलाई क्षेत्रिय कार्यालय हेटौडाका प्रमुख अर्जुनकुमार शर्माले प्रतिबद्धता गराउनुभयो ।

कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, जिल्ला समन्वय समिति बाराका प्रमुख नवलकिशोर सिंहल, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख र १६ वटै कार्य पालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?