सफाइ अभियानकर्मी पौडेलको ‘चेतनामृत’ उपन्यास सार्वजनिक
गोरखापत्र अनलाइन ,
कार्तिक ९, २०७६ शनिबार
ज्येष्ठ सफाइ अभियानकर्मी तोयनाथ पौडेलले लेख्नुभएको ‘चेतनामृत’ उपन्यास सार्वजनिक भएको छ । शिक्षण सेवाबाट अवकाशप्राप्त पौडेल दुई वर्षअघि चक्रपथको उत्तरी भाग सफाइ अभियान शुरु भएसँगै निरन्तर सहभागी हुुँदै आएनुभएको छ । ७६ वर्षीय पौडेल जाडो, वर्षा, चाडपर्व जुनसुकै दिन भएपनि प्रत्येक हप्ताको शनिबार चक्रपथ सफाइ अभियानमा उपस्थित भएर फोहर टिप्नुहुन्छ ।