जनस्तरीय सम्बन्धको आयाम बन्न सक्छ कलासंस्कृति
गोरखापत्र अनलाइन ,
आश्विन १९, २०७६ आईतवार
विभिन्न देशको जनस्तरीय सम्बन्धको विकास गर्न नेपालको मौलिक कला, संस्कृति समृद्ध खुट्किलो बन्न सक्ने देखिएको छ । कला, संस्कृति, साहित्य, चलचित्र आदिलाई राज्यमा निहित नरम शक्ति भनेर चिनिन्छ ।
परम्परागत कूटनीतिको मार्गलाई प्रशस्त बनाउने काम सफ्ट कूटनीति अर्थात् कला संस्कृति अदानप्रदानसहितको जनसम्बन्धले गर्छ । यसमा विश्वका ठूला देश अगाडि छन् तर कलाको धनी मानिने नेपालले देशको मौलिक कला संस्कृतिलाई मूलधारमा ल्याउन...