सुनसरीमा १०२ जना कोरोना सङ्क्रमितमध्ये ८८ जना निको
गोरखापत्र अनलाइन
असार ३१, २०७७ बुधबार
सुनसरीमा असारसम्म भेटिएका १०२ जना कोरोना सङ्क्रमितमध्ये ८८ जना निको भएका छन् । जिल्लामा स्वाब सङ्कलन गरिएकामध्येबाट पोजिटिभ भेटिएका सङ्क्रमित १०२ जनामध्ये ८८ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार पछिल्लो अवस्था सम्ममा बाहिरी जिल्लामा स्वाब सङ्कलन गरिएको तीन जनासमेत सुनसरीका १०५ जना सङ्क्रमित भेटिएका छन् । सुनसरीमा अब थप भएका एक जनासहित कोरोना पोजिटिभ भेटिएकामध्ये धरान, इटहरी, रामधुनी...