कोराना जितेका वडा अध्यक्ष भन्नुहुन्छः “साधारण खाना, जडीबुटी र उच्च मनोबलले कोरोना जितेर घर फर्केको छु”
गोरखापत्र अनलाइन
असार २८, २०७७ आईतवार
“साधारण खाना, जडिबुटी र उच्च मनोबलले कोरोना जितेर घर फर्केका छु ।” कोरोना जितेर घर फर्केका साँफेबगर नगरपालिका–११ देवीस्थानका वडा अध्यक्ष गणेशबहादुर खड्काले भन्नुभयो । “जडिबुटी घरबाट मगाएर पटकपटक तातोपानी मज्जाले खायौँ ।” कोरोना जितेपछि खड्काले आफ्नो अनुभव सुनाउनुभयो ।
कोरोना सङ्क्रमण परास्त गरेर घर फर्केका वडा अध्यक्ष आइसोलेसनमा रहँदा गुर्जो, दाल चिनी, टिमुर, अदुवा कुटेर पानीमा उमालेर खाएको सम्झनुहुन्छ । “स्कुलको...