नेपाल टेलिकमको सर्भर ह्याक गर्ने सरकारी कर्मचारी पक्राउ
गोरखापत्र अनलाइन
श्रावण १, २०७७ बिहीबार
नेपाल टेलिकमको मोबाईल एपको सर्भर ह्याक गर्नेलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको छ ।उक्त कार्यमा संलग्न रहेको जिल्ला धनकुटा, पाख्रिबास न.पा–५ स्थायी वतन भई हाल जिल्ला धनकुटा, धनकुटा न.पा. ४ बस्ने, सहरी विकास तथा भवन कार्यालय, धनकुटामा कम्प्यूटर अपरेटर पदमा कार्यरत वर्ष २८ को दिवाकर देउजालाई असार ३१ गते जिल्ला धनकुटाबाट पक्राउ गरेर विद्युतीय कारोबार ऐन २०६३ बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउनको...