मृतक सङ्ख्या ११ पुग्याे, २२ बेपत्ता, ३५ घरमा क्षति, बेलीब्रिज बगायो
गोरखापत्र अनलाइन
असार २६, २०७७ शुक्रबार
हिमाली जिल्ला म्याग्दीका विभिन्न स्थानमा बाढी पहिरोबाट ११ जनाको मृत्यु भएको छ, २२ जना पहिरोमा परी सम्पर्कविहीन भएका छन् । पहिराेका कारण ३५ वटा घर पूर्णरुपमा क्षति भएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।
धौलागिरी गाउँपालिका–७ ताकममा पहिरोमा परी दुई जना, मालिका गाउँपालिका–७ बिममा आठ जना र रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीमा एक जना गरी ११ जनाको मृत्यु भएको छ । पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिका–६ मराङमा...