बाजुराका ९२ बस्ती पहिरोको उच्च जोखिममा
गोरखापत्र अनलाइन
असार २४, २०७७ बुधबार
बाजुराका नौ वटै स्थानीय तहका झण्डै ९२ बस्ती पहिरोको उच्च जोखिममा रहेका छन् । पाखो तथा भिरालो ठाउँका बस्तीमा माथिबाट पहिरो आउने र तलबाट खोला काट्दैजाने हुँदा ती बस्ती पहिरो र खोलाको उच्च जोखिममा रहेका हुन् ।
राष्ट्रिय योजना आयोगले शहरी विकासमार्फत बस्ती विकासका लागि काम गर्ने भएपछि स्थानीय तहले जोखिममा रहेका बस्तीको पहिचान गरेका छन् ।
पहिचान भएका बस्तीमा बडिमालिका नगरपालिकाका वडा नं १ र २ को भौनेरा, घागर, ३ को मुसीगाउँ,...