काठमाडौंमा कोभिड जोखिम बढ्दै, सक्रिय सङ्क्रमित चार हजार नाघ्यो
आशा साह
भाद्र ३, २०७८ बिहीबार
काडमाडौं उपत्यकामा पछिल्लो समय कोरोनाभाइरसको जोखिम बढ्दै गएको छ । सङ्क्रमित बढ्दै गएपछि उपत्यकामा कोरोनाको जोखिम उच्च बन्दै गएको हो ।
बुधबारमात्र उपत्यकामा ९९३ जना नयाँ सङ्क्रमित थपिएका थिए । जसमध्ये काठमाडौंमा ७११, ललितपुरमा १६० जना र भक्तपुरमा १२२ जना सङ्क्रमित भेटिएका थिए । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार ३३८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । राजधानीमा दिनहुँजसो सङ्क्रमितको...